पाेखरामा स्कुटरको डिक्कीबाट पैसा चोरेको आरोपमा वर्षा पक्राउ

पाेखरा | बैशाख १५, २०८०

पाेखरामा स्कुटरको डिक्कीबाट पैसा चोरेको आरोपमा वर्षा पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटरको डिक्कीमा रहेको पैसा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको  छ ।

 

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ शान्तिवन बस्दै आएका २३ वर्षीया वर्षा कामी रहेकी छिन् । 

 

पक्राउ परेकी वर्षाले बुधबार पोखरा –९ लखनचोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी पार्किङमा रहेको  सराङकोटका आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा रहेको नगद रु ८० हजार चोरेर फरार भएकी थिइन् ।

 

उक्त सुचनापश्चात वडा प्रहरी कार्यालय बैदाम र सिआरभी लखनचोकबाट खटिएको प्रहरीको टोलीले ती युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको डिएसपी बिकले जानकारी दिए । 

 

उनका अनुसार ति युवतीलाई शान्तिवनस्थित आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा नगदसहित फेला पारेको थियो । 

 

पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ । 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्